जनकपुरधाम – जिल्ला प्रशासन कार्यालय धनुषाले कर्फ्यु आदेश हटाउँदै आज बिहान १० बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा लागू गरेको छ। प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलद्वारा जारी सूचनाअनुसार साउन १४ गते दिउँसो ३:३० बजेदेखि लागू गरिएको कर्फ्यु जिल्ला सुरक्षा समितिको निर्णयपछि आज बिहान १० बजेदेखि हटाइएको हो। यद्यपि, जिल्लामा शान्ति, सुरक्षा तथा सामाजिक सद्भाव कायम राख्न […]