मन्त्री बब्लु गुप्ताले पदबाट दिए राजीनामा

अन्तरिम सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् । उनी कात्तिक ९ गते मन्त्री नियुक्त भएका थिए । अमेरिका भ्रमणमा जाने विषयले मन्त्री गुप्ता विवादमा परेका थिए । विवाद बढेपछि प्रधानमन्त्री सुशीला कार्की पनि गुप्तासँग असन्तुष्ट थिइन् ।