सामुदायिक विद्यालय भन्नासाथ हामीमध्ये धेरैलाई पढाइको न्यून गुणस्तर र राजनीतिक थलो भन्ने झल्को आइहाल्छ। तर, मधेस प्रदेशका केही सामुदायिक विद्यालयले यो भाष्य चिरिरहेका छन्। ती विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूले पठनपाठन मात्र सुधारेका छैनन्, विद्यार्थी भर्ना दरसमेत उल्लेख्य बढाएका छन्। तिनैमध्येको एक हो, जनकपुरधाम उपमहानगरपालिका-२४ बसहियामा रहेको गोगल प्रसाद नमुना माध्यमिक विद्यालय। कुनै बेला विद्यार्थी अभावकै […]