काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले भोलि (शुक्रबार) सर्वदलीय बैठक आह्वान गरेकी छन्। आगामी २१ फागुनमा तय भएको प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न उनले शुक्रबार अपराह्न ४ बजेका लागि सर्वपक्षीय बैठक आह्वान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री कार्कीले बैठकमा जेन-जी प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोगलगायत निर्वाचनसम्बन्धी निकायलाई पनि आह्वान गरेकी छन्। आगामी २१ फागुनको निर्वाचनलाई केन्द्रित गर्दै […]