काठमाडौँ। नेपाली काँग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक आज बस्ने भएको छ। बिहान ११ बजेका लागि समिति बैठक आह्वान भएको समितिका सदस्य तथा पार्टी केन्द्रीय सदस्य योगेन्द्र चौधरीले जानकारी दिए। पार्टीले २६/२८ पुसमा १५ औँ महाधिवेशन गर्ने निर्णय गरेपछि लामो समयपछि समितिको बैठक बस्न लागेको हो। बैठकमा क्रियाशील सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरणका […]