ग्लोकल टिन हिरो नेपाल २०२६ का शीर्ष ६ फाइनलिस्ट घोषणा, ७९१ आवेदनबाट छानिए प्रतिभा

ग्लोकल प्रालिले गोल्छा ग्रुपद्वारा प्रस्तुत ‘ग्लोकल टिन हिरो नेपाल २०२६’ का शीर्ष ६ फाइनलिस्ट घोषणा गरेको छ। सातै प्रदेशबाट प्राप्त ७९१ आवेदनबाट विभिन्न क्षेत्रमा सक्रिय ६ किशोरकिशोरी अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका हुन्। फाइनलिस्टमा विराटनगरका १५ वर्षीय अर्जुन चौधरी, अछामका १९ वर्षीय अटल देव ढकाल, पोखराकी १८ वर्षीया जास्मिन बोहोरा, सुर्खेतका १७ वर्षीय किशोर न्यौपाने, […]