आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारमा सरकारको जोड, आयुर्वेदिक पर्यटन प्रवर्द्धन गर्ने तयारी

छलफलमा आयुर्वेद सेवालाई स्वास्थ्य बीमा कार्यक्रममा समावेश गर्ने, संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षण सम्पन्न गर्ने, मन्त्रालयअन्तर्गत आयुर्वेदसम्बन्धी संस्थागत संरचना सुदृढ गर्ने, जडीबुटी उत्पादनदेखि प्रशोधन र औषधि निर्माणसम्मको मूल्य शृंखला विकास गर्ने तथा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को जीएमपी  मापदण्डअनुसार उत्पादन प्रणाली सुदृढ गर्नुपर्ने सुझाव पनि सहभागीहरूले दिएका थिए।