सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ। जेन-जी आन्दोलनका क्रममा सुन्धारास्थित कारागारबाट फरार दुई कैदी पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले आज (सोमबार) जिउ मास्ने मुद्दामा कैद भुक्तान गरिरहेकी धादिङकी ४४ वर्षीया गीता लामा र सुनको भन्सार चोरी पैठारी मुद्दाका कैदी काठमाडौँका ३३ वर्षीय मङ्गल महर्जनलाई पक्राउ गरेको हो। लामालाई ललितपुर महानगरपालिका ३‚ धोबीघाट र महर्जनलाई काठमाडौँ महानगरपालिका […]