१० देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

काठमाडौँ। संसदीय सुनुवाइ समितिले १३ देशका लागि प्रस्तावित राजदूतमध्ये १० जनालाई अनुमोदन गरेको छ । बुधबार समितिले १० देशका लागि प्रस्तावित राजदूतको नाम सिफारिस गरेको हो । जसमा भारतका निम्ति डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका निम्ति चिरनजंग थापा, बेलायतका लागि गौरवशमशेर जंगबहादुर राणा, जर्मनीका निम्ति सरू जोशीलाई राजदूतमा अनुमोदन गरेको हो […]