गाजामा इजरायली हवाई आक्रमणपछि पनि युद्धविराम यथावत् : ट्रम्प
सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमाथि गरिएको आक्रमणबाट सुरु भएको युद्धमा अहिलेसम्म गाजामा ६८ हजार १५९ भन्दा बढीको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। संयुक्त राष्ट्रसङ्घले ती तथ्याङ्कलाई विश्वसनीय मानेको छ।