काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन गरिएको जनाएको छ । शुक्रबार सिंहदरबारमा आयोजित नियमित प्रेस बिफ्रिङमा हालसम्म गरेका कार्यप्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले असोज ५ गते बसेको सचिवस्तरीय बैठकको निर्णय अनुसार कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन गरिएको बताए […]