अम्बे स्टिलको इन्धन ट्यांकीमा आगलागी: एक करोड ५६ लाखको क्षति

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा फर्नेस आयलको ट्यांकीमा आगलागी हुँदा करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ। उद्योग परिसरभित्र रहेको फलाम पगाल्ने इन्जिनमा प्रयोग हुने २ लाख लिटर क्षमताको फर्नेस आयल ट्यांकीमा बिहीबार बिहान करिब १:३० बजे सर्ट सर्किट भई एक्कासि आगलागी भएको हो। घटनाको सूचना प्राप्त […]