युगान्डामा भएको दुर्घटनामा ६३ जनाको मृत्यु

काठमाडौं। युगान्डामा बुधबार भएको सवारीसाधन दुर्घटनामा ६३ जनाको मृत्यु भएको छ। राजधानी कम्पालालाई उत्तरी सहर गुलुसँग जोड्ने देशको सबैभन्दा व्यस्त मार्गहरूमध्ये एक कम्पाला-गुलु राजमार्गमा दुर्घटना भएको थियो। युगान्डा प्रहरी बलले मध्याह्न करिब सवा १२ बजे दुई उच्च गतिका बस आपसमा ठोक्किएको जनाएको छ। प्रारम्भिक अनुसन्धानका अनुसार एक बस चालकले दुर्घटनाबाट जोगिन बेस्सरी स्टेयरिङ मोडेका थिए। […]