काठमाडौं – मिटर ब्याजीहरूलाई कारबाहीको माग गर्दै सहकारी तथा वित्तीय समस्या समाधान संयुक्त राष्ट्रिय अभियान महासङ्घले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् । सहकारी, लघुवित्त, बैङ्क एवम् मिटर ब्याजीहरूको अराजकताका विरुद्ध संयुक्त आन्दोलन नाम दिएको प्रदर्शन राष्ट्रपति कार्यालयतर्फ अघि बढेको छ । क्षेत्रपाटी, शान्ति वाटिका, दरबारमार्ग नारायणहिटी सङ्ग्रहालय हुँदै राष्ट्रपति कार्यालय पुगेर ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको […]