मेक्सिको भयानक दुर्घटना प्रकरण: ५५ आप्रवासीको ज्यान लिने दुर्घटनामा संलग्न थप दुई दोषी ठहर

मेक्सिकोमा सन् २०२१ को डिसेम्बरमा भएको भयानक ट्रक दुर्घटनाको घटनामा संलग्न थप दुई जना ग्वाटेमाली नागरिकले अमेरिकी अदालतमा मानव तस्करीको आरोप स्वीकार गरेका छन्। उक्त दुर्घटनामा ट्रकभित्र कोच्चिएर यात्रा गरिरहेका १६० भन्दा बढी आप्रवासीमध्ये ५५ जनाको मृत्यु भएको थियो। बुधबार टेक्सासको संघीय अदालतमा ३४ वर्षीय जोर्गे अगापितो भेन्टुरा र २६ वर्षीय ओस्वाल्डो म्यानुएल जाभाला क्विनोले […]