सर्वोच्चद्वारा रविविरुद्धको रिट दर्ता गर्न अस्वीकार

काठमाडौं- सर्वोच्च अदालतले रवि लामिछानेविरुद्ध पेस गरेको रिट निवेदन दर्ता गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालत प्रशासनले आयुष बडालले पेस गरेको निवेदनमाथि दरपीठ (दर्ता गर्न अस्वीकार गर्ने आदेश) गरेको हो । यो आदेशसँगै बडालको निवेदन अस्वीकृत भएको छ । रिटमा लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा अन्तिम निर्णय नआएसम्म सांसदको हैसियतमा […]