बागमती– मकवानपुरको पहिचानका रुपमा रहेको दारको ठेकी यहाँका स्थानीयको उद्यमशीलता एवम् पर्यटनसँग जोडिन थालेको छ । प्राचीनकालदेखि मकवानपुर र आसपासका जिल्लामा दारको ठेकीले आफ्नो छुट्टै पहिचान बनाउँदै आएको छ । दारको ठेकीको प्रवर्द्धनका लागि स्थानीय जागरुकतासँगै सरकारी निकायले पनि चासो दिन थालेपछि उद्यमशीलता र पर्यटकीय पहिचानका रुपमा पनि जोडिन लागेको हो । विशेषगरी ग्रामीण परिवेशमा […]