काठमाडौं- नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमाको प्रारम्भिक चरणअन्तर्गत विषयगत मन्त्रालयसँग छलफल सुरु गरिएको छ । अर्थ मन्त्रालयको समन्वयमा राष्ट्रिय योजना आयोगले आज तीनवटा मन्त्रालयसँग प्रारम्भिक छलफल गरेको छ । आयोगका प्रवक्ता हरिशरण पुडासैनीका अनुसार अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग आज बजेटसम्बन्धी छलफल गरिएको हो […]