काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले आज केन्द्रीय सदस्यहरूको बैठक आयोजना गर्ने भएको छ। पार्टी सभापति शेरबहादुर देउवासँग बिहीबार भएको छलफलपछि संस्थापन समूहले केन्द्रीय सदस्यहरूलाई भेला गराउने निर्णय गरेको हो। संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको बैठक शुक्रबार बिहान साढे १० बजे नयाँ बानेश्वरमा बस्ने तय गरिएको छ। बैठकमा पार्टीको वर्तमान राजनीतिक अवस्था र संगठनात्मक विषयमा छलफल […]