सुईको स्पर्शदेखि मस्तिष्कको प्रतिक्रियासम्म : अकुपञ्चरको वैज्ञानिक यात्रा

अनुसन्धानमा आधुनिक न्युरल ट्रेसिङ प्रविधि प्रयोग गरी यी बिन्दुबाट मस्तिष्कका विभिन्न भागसँग सम्बन्धित स्नायु मार्गहरूको पहिचान गरिएको थियो। अध्ययनमा प्राइमरी मोटर कोर्टेक्स, सेकेन्डरी मोटर कोर्टेक्स, जायगेन्टोसेलुलर रेटिकुलर न्युक्लियस र भेन्ट्रोलेटरल पेरिएक्वेडक्टल ग्रे जस्ता मस्तिष्कीय क्षेत्रहरू साझा रूपमा पहिचान भएका थिए। यी क्षेत्रहरू चाल नियन्त्रण, संवेदी प्रशोधन तथा दुखाइ नियन्त्रणसँग सम्बन्धित छन्।