काठमाडौँ। माथिल्लो मनाङमा बाक्लो हिमपात भएको छ। सोमबार राति साढे ९ बजेतिरबाट सुरु भएको हिमपात मंगलबार बिहानसम्म रोकिएको छैन। मनाङको माथिल्लो क्षेत्र ३२ सय मिटरको उचाइमा रहेको पिसाङदेखि माथिल्लो क्षेत्र र नार्पाभूमिमा हिमपात भइरहेको हो। मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार सबैभन्दा बढी तिलिचो र थोराङ्ला क्षेत्रमा हिमपात भएको छ। खाङसारदेखि तिलिचो बेसक्याम्पतर्फ बाक्लो […]