सुनसरी– जुवातास खेलिरहेको अवस्थामा इटहरीबाट चार लाख ५६ हजार नगदसहित आठ जना पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका–४ शान्तिचोकस्थित द इस्टन होटलमा आइतबार साँझ जुवातास खेलिरहेको अवस्थामा प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए । प्रहरीले उनीहरूको साथबाट नगदसहित जुवाखालमा प्रयोग भइरहेको सात बुङ […]