काठमाडौँ । नेपाल शिक्षक महासंघले शिक्षा नियमावलीको दशौँ संशोधनप्रति असन्तुष्टि व्यक्त गर्दै यसले शिक्षक तथा विद्यालय कर्मचारीका दीर्घकालीन समस्या सम्बोधन गर्न नसकेको जनाएको छ। महासंघले जारी गरेको विज्ञप्तिमा सरकारले २०८३ साल असार २५ गते जारी गरेको शिक्षा नियमावली संशोधनलाई शिक्षक समुदायका माग सम्बोधन गर्नेभन्दा पनि प्रशासनिक व्यवस्थापन सहज बनाउने उद्देश्यबाट प्रेरित भएको आरोप लगाइएको छ। […]