नेपालमा औसत समयभन्दा छ दिन ढिलो प्रवेश गरेको यस वर्षको मनसुनी प्रणाली आइतबार थप चार प्रदेशमा विस्तार भएको छ। हाल मनसुन देशको पूर्वी तथा मध्य भूभागसम्म फैलिएको भए पनि पश्चिमका अधिकांश क्षेत्रमा पुग्न अझै केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार कोशी प्रदेशबाट नेपाल प्रवेश गरेको मनसुन […]