थापाथलीको सुकुम्वासी बस्तीमा सिसिटिभी जडान गर्दै प्रहरी
काठमाडौं– थापाथलीको सुकुम्वासी बस्ती क्षेत्रमा सिसिटिभी जडान कार्य थालिएको छ । बस्ती नजिकको सडक किनारमा रहेका पोलमा प्रहरीले सिसिटिभी जडान कार्य थालेको हो । प्रहरीका अनुसार सुरक्षाका लागि सिसिटिभी जडान गर्न लागिएको हो ।