काठमाडौंको गोठाटारबाट पेस्तोलसहित एक जना पक्राउ

काठमाडौं – प्रहरीले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार पहेँलो पुलबाट पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका–१७ बस्ने २३ वर्षीय सन्दीप परियार रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । उनले भने, ‘काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार पहेँलो पुलस्थित सन्दीप परियारले हातहतियार लुकाइछिपाइ […]