मिनियापोलिस- अमेरिकी आप्रवासन नीतिविरुद्ध बढ्दो असन्तुष्टिबीच अमेरिकामा व्यापक प्रदर्शन भएको छ । राजा चाहिँदैन अर्थात् ‘नो किङ्ग्स’ नाराका साथ दशौँ लाख प्रदर्शनकारी सडकमा उत्रिएका हुन् । अमेरिकाको मिनियापोलिस सहरमा शनिबार दशौँ हजार प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन् । सङ्घीय आप्रवासन छापापछि केही महिनाअघि हिंसात्मक घटनाले स्तब्ध बनेको यो सहरमा पुनः ठूलो सङ्ख्यामा नागरिकहरू भेला भएका हुन् […]