मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२/८३ मा प्रदेशका आठवटै जिल्लामा ५९१.१८ किलोमिटर सडक निर्माण तथा विस्तार गरेको जनाएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकारी रोहित जोशीका अनुसार पूर्वाधार विकास कार्यालयहरूमार्फत २२७.०६ किलोमिटर ढलान, ३३६.६८ किलोमिटर ग्राभेल र २७.४४ किलोमिटर कच्ची सडक निर्माण गरिएको हो। सडकसँगै पानीको निकास र वर्षायाममा हुने क्षति न्यूनीकरणका लागि […]