एसियाडमा दोहोरो अंकको लक्ष्य, दुई कांस्यमा सीमित नेपाल : ‘मिसन–२६’को तयारीमाथि प्रश्न

जापानमा सम्पन्न २०औँ एसियाली खेलकुदमा नेपाल दुई कांस्य पदकमा सीमित भएको छ। स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्य राखेर २१ खेलमा १३५ खेलाडी सहभागी गराइए पनि करातेका तेन्जिङ शेर्पा र महिला कबड्डी टोलीले मात्रै पदक दिलाए। महिला कबड्डी टोलीले अघिल्लो एसियाडको कांस्य उपलब्धिलाई निरन्तरता दिएको हो। तेन्जिङले लाओसका सायासान भाथानालाई रिपिचेजमा ९–१ ले पराजित गर्दै […]