कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता सञ्चालन भइरहेको छ । टाइगर ग्रुप अफ पोखराले आयोजना गरेको प्रतियोगिताअन्तर्गत आज लिग चरणका चार खेल सम्पन्न भएकामा पुरुषतर्फ पर्वत भलिबल सङ्घ र गण्डकी प्रदेश विजयी भएका हुन् । महिलातर्फ भने एपिएफ र पुलिसले जित निकालेका छन् । […]