काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालको इतिहासमै वर्तमान सरकार सबैभन्दा बढी निजी क्षेत्र–मैत्री भएको दाबी गरेका छन् । पूर्वाधार विकास मन्त्रालयले शुक्रबार काठमाडौंमा आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन तयारी सम्बन्धी कार्यक्रममा मन्त्री वाग्लेले मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने भएकाले निजी क्षेत्रलाई सहज रुपमा काम गर्ने वातावरण बनाउँदै सरकार अघि बढिरहेको समेत […]