राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकमा पछिल्ला घटनाक्रमसँगै सामाजिक सद्भाव बिथोलिने जोखिम देखिएको भन्दै साम्प्रदायिक विद्वेषविरुद्ध सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताएका छन् । आफूले आह्वान गरेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले एउटा समुदायले अर्को समुदायप्रति घृणा, द्वेष र आक्रमण गर्ने अवस्था सिर्जना हुन नदिन राजनीतिक दलहरू जिम्मेवार बन्नुपर्ने साझा […]