नागढुंगाबाट ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ

काठमाडाैं – पूर्वी नाका काकडभिट्टाबाट काठमाडौँ आउँदै गरेका दुई भारतीय नागरिकलाई प्रहरीले ७५ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ । शनिबार चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा परीक्षणका क्रममा उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारतको दार्जिलिङ जिल्लाको सिलगुडी–चम्पासारी निवासी ३४ वर्षीय मोना राय र २६ वर्षीय पंकज बोस रहेका छन् । […]