नेपाल मेडिकल काउन्सिल निर्वाचन: ५२०० मत गणना हुँदा डा. गुरुशरण र डा. सारिकाको अग्रता

नेपाल मेडिकल काउन्सिलको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना रोचक मोडमा पुगेको छ। निर्वाचन समितिको पछिल्लो अपडेट अनुसार कुल ५२०० मत गणना भइसकेको छ। उपाध्यक्ष पदमा डा. गुरुशरण साहको अग्रता कायमै रहेको छ। तर उनका निकटतम प्रतिस्पर्धीले मतान्तर कम गर्दै लगेका छन्।