पृथ्वी राजमार्ग भासिएपछि सडकमै बास

चितवन- धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँतर्फ खाद्यान्न बोकेर हिँडेका मालवाहक गाडी र यात्रुवाहक बस अलपत्र परेका छन् । राजमार्ग अवरुद्ध हुँदा चालक तथा सहचालकहरू भरतपुरको केन्द्रीय बसपार्क अगाडिको मुख्य सडकमै खाना पकाएर बस्न र रात बिताउन बाध्य भएका छन् । बडादसैँ नजिकिँदै गर्दा चामललगायत अत्यावश्यक खाद्य सामग्री बोकेका गाडी लामो […]