बाढी प्रभावित क्षेत्रमा आवश्यक कदम चालिसकेका छौं: प्रधानमन्त्री

गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पादेखि चुम्लिङको बीचमा गएको पहिरोका कारण बुढीगण्डकी नदीमा लेदोसहितको बाढी आउँदा तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीमा परी पाँच जना बेपत्ता भएको सूचना प्राप्त भएको छ भने खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ। बाढीले झोलुंगे तथा पक्की पुल, टेलिफोन टावर, बिजुलीका पोल, निर्माणाधीन बुढीगण्डकी जलविद्युत् आयोजनाको क्याम्प क्षेत्र, […]