‘टिम्बुरे टु त्रिवेणी’ अपरेशन : शव व्यवस्थापन र ‘डीएनए’ परीक्षणलाई तीव्रता

नुवाकोट– नेपाल प्रहरीको ‘टिम्बुरे टु त्रिवेणी’ विशेष अपरेशनअन्तर्गत बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, ‘डीएनए प्रोफाइलिङ’, होल्डिङ सेन्टरमा सहजीकरण, समुदाय–प्रहरी साझेदारीलगायत कार्यक्रम सञ्चालन भइरहेका छन् ।     अपरेशनअन्तर्गत प्रहरी मुख्यालयबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय, नुवाकोटको समन्वयमा अपराध नियन्त्रण तथा अनुसन्धान, राहत वितरण तथा पुनःस्थापना, ट्राफिक व्यवस्थापनजस्ता काम पनि गरिरहेको छ । कमाण्ड टोलीले तालिमप्राप्त […]