काठमाडौं । अमेरिकाको न्यूयोर्कमा बसोबास गर्दै आएका उपल्लो मुस्ताङवासीले भोटेकोशी र त्रिशूली बाढीपीडितका लागि १ लाख ४ हजार ६ सय ८८ अमेरिकी डलर (करिब १ करोड ६० लाख रुपैयाँ) सहयोग गरेका छन्। लो-न्यामशिप एशोसिएसन यूएसए इंकमार्फत लोमान्थाङ र लो-घेकर दामोदरकुण्ड क्षेत्रका नेपाली तथा शुभेच्छुकबाट संकलित रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको हो। संस्थाले बाढीपहिरोबाट […]