नेपाल र भारतबीच स्वास्थ्य क्षेत्रमा सहकार्यका पर्याप्त सम्भावना रहे पनि त्यसलाई दीर्घकालीन रणनीतिसहित अघि बढाउने विषयमा भ्रमणले विशेष प्राथमिकता दिएको देखिँदैन। स्वास्थ्य जनशक्ति विकास, चिकित्सा शिक्षा, औषधि उत्पादन तथा अनुसन्धान, स्वास्थ्य प्रविधि हस्तान्तरण, र सीमापार स्वास्थ्य चुनौती सम्बोधनजस्ता विषयमा दुई देशबीच थप सहकार्यको सम्भावना छ।