काठमाडौँ । जापानका लागि प्रस्तावित नेपाली राजदूत डा. जिज्ञानकुमार थापाको संसदीय सुनुवाइका क्रममा सांसदहरूले उनको विदेशी स्थायी आवासीय अनुमतिपत्र (पीआर), स्वार्थको द्वन्द्व तथा परिवारको हैसियतका कारण उत्पन्न हुनसक्ने कूटनीतिक जटिलतामाथि प्रश्न उठाएका छन् । बुधवार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित राजदूत थापाले पेस गरेको कार्य योजनामाथि छलफल हुनुअघि नै उनको योग्यता र विगतको आवासीय […]