स्वर्णिम वाग्ले भन्छन्- करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुहोस्

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई त्रसित बनाएर होइन, सेवा र सहजीकरणमार्फत खुसी पारेर कर उठाउन कर प्रशासनलाई निर्देशन दिएका छन् । बिहीबार लाजिम्पाटस्थित आन्तरिक राजस्व विभागमा आयोजित कार्यक्रममा देशभरका विभागअन्तर्गतका कर अधिकृतहरूलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले स्वेच्छिक कर अनुपालनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । ‘करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुहोस्,’ उनले भने, ‘मैले बजारमा […]