नेपालमा हायर पर्चेज व्यवसाय अब गाडी बिक्रीको सहायक वित्तीय सेवा मात्र रहेन। पछिल्ला केही वर्षयता यो क्षेत्र स्मार्टफोन, उपभोक्ता इलेक्ट्रोनिक्स, घरायसी सामान तथा बहुवस्तु (मल्टी-ब्रान्ड) उपभोक्ता वित्ततर्फ तीव्र रूपमा विस्तार भएको छ। चार वर्षमै हायर पर्चेज कम्पनीहरूको कुल कर्जा लगानी झण्डै तीन गुणाले बढेर २४ अर्ब ४० करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकको अनुमतिप्राप्त […]