काठमाडाैं । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका-१५ चुरियामाईमा मंगलबार नेपाली सेनाको ट्रक दुर्घटना भएको छ । साेही दुर्घटनामा परी ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे हाे । घाइते ४ जनालाई उपचारका लागि हेटौंडा अस्पताल पठाईएको प्रहरीले बताएकाे छ । प्रहरीको टोली घटनास्थलतर्फ जाँदै गरेकाले थप विववरण आउन बाँकी रहेको प्रहरीले बताएकाे हाे ।