जीवन बीमा बजारमा उत्साह : पुससम्म ९४ अर्ब बढी शुल्क संकलन

नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको पुस महिनासम्ममा उल्लेख्य व्यवसायिक विस्तार गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार १४ वटा जीवन बीमा कम्पनीहरूले यस अवधिमा ९४ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेका छन्, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १७ प्रतिशतले बढी हो […]