काठमाडौं- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा एमालेको प्रतिस्पर्धा नेपाली कांग्रेससँग हुने बताएका छन् । प्रेस चौतारी नेपालले शुक्रबार काठमाठौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले यो निर्वाचनमा एमालेको मुख्य प्रतिस्पर्धा कांग्रेससँग हुने विश्लेषण सुनाएका हुन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टी अहिले काठमाडौं उपत्यकामै प्रतिस्पर्धामा नरहेकोको पनि बताएका छन् […]