काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् राज्य व्यवस्था समितिका पूर्वसभापति रामहरि खतिवडालाई पितृ शोक परेको छ । उनका पिता जीवनाथ खतिवडाको डिल्लीबजारस्थित निवासमा ७८ वर्षको उमेरमा गए राति निधन भएको हो । दमसम्बन्धी समस्या खेप्दै आएका खतिवडा आइतबार साँझ नियमित खाना खाएर सुतेका थिए । उनको पार्थिव शरीरलाई आज पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिएको उनका छोरा […]