चोलेन्द्र भेटेकाे आरोपमा निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस

काठमाडौं । सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट बर्खास्त गर्न सिफारिस गरिएको छ। उनलाई भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य हुने गरी बर्खास्त गर्न सिफारिस गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ। सशस्त्र प्रहरीका अर्का एआईजी अञ्जनीकुमार पोखरेल नेतृत्वको छानबिनपछि दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको हो। सिफारिसअनुसार आवश्यक कागजात […]