चार वर्षको अन्तरालपछि राष्ट्रिय खेलकुद, दशौँ संस्करण कर्णालीमा आयोजना हुने

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्को १२५औँ बैठकको सिफारिसका आधारमा प्रतियोगिताको मिति र आयोजना क्षेत्र टुंगो लगाएको हो। मन्त्रालयका प्रवक्ता एवं सहसचिव श्रीप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिअनुसार दशौँ राष्ट्रिय खेलकुद कर्णाली प्रदेशको सुर्खेतसहित विभिन्न जिल्लामा सञ्चालन गरिनेछ। “शिक्षा […]