हतुवागढी लुङ्गिनका सबै बस्तीमा विद्युत् विस्तार

भोजपुर– जिल्लाको हतुवागढी–२ लुङ्गिन क्षेत्रमा केन्द्रीय विद्युत् सेवा विस्तार गरिएको छ । लामो समयपछि यो क्षेत्र राष्ट्रिय प्रसारण लाइनसँग जोडिएको हो ।  वडा कार्यालयको पहल तथा सम्बन्धित निकायको समन्वयमा पोल, तार, ट्रान्सफर्मर तथा आवश्यक सामग्री व्यवस्थापन गरेर गाउँमा विद्युत् विस्तार गरिएको हो । यससँगै लुङ्गिनका अधिकांश बस्तीमा विद्युत् पहुँच पुगेको वडा कार्यालयले जनाएको छ । […]