माफी माग्दै एमाले उपाध्यक्ष पौडेल भन्छन्- युवापुस्ता एकाकार भएको पार्टी स्थापित गर्नुपर्छ

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले जेन-जी आन्दोलनपछि युवापुस्तामा एकाकार भएको पार्टी स्थापित गर्ने जिम्मेवारी आएको बताएका छन्। संविधान दिवसको अवसरमा शुभकामना दिँदै पूर्वउपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका पौडेलले युवापुस्ताको आकांक्षा, असन्तुष्टि र आक्रोलाई बुझ्न, सम्बोधन गर्न, भ्रष्टाचार नियन्त्रण, सुशासन एवम् सेवा प्रवाहमा अपेक्षित सुधार हुन नसक्नु नै जेन-जी आन्दोलनको मुख्य कारण रहेको बताएका छन्। “अब […]